धरानलाई पराजित गर्दै एपिएफ आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा
पाेखरा | पुस १६, २०७९
पोखराः साविक विजेता नेपाल एपिएफ फुटबल क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
सहारा क्लब पोखराले आयोजना गरेको आहा ! रारा पोखरा गोल्डकपमा आज (शनिबार) पोखरा रंगशालामा भएको पहिलो क्वार्टरफाइनलमा धरान एफसीलाई २–० ले पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफले पहिलो हाफमै दुई गोलको अग्रतालाई जोगाउँदै सेमिफाइनलमा प्रवेश पक्का गरेको हो ।
एपिएफलाई जित दिलाउन विकु तामाङ र युवराज खड्काले गोल गरे । खेलको ३७ औं मिनेटमा विकुको गोलमा एपिएफले अग्रता लिएको हो । मैदानमा झण्डै मध्यबाट आएको पासलाई नियन्त्रणमा लिँदै विकुले उत्कृष्ट फिनिसिङ गरेका थिए । युवराजले ४० औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए ।
म्यान अफ दि म्याच समेत घोषित भएका विकुले पहिलो हाफमै गोल गर्न सकिएको र सबैले मेहनत गरेका कारण खेल जित्न सफल भएको बताएका छन् । पहिलो समय टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको जनाउँदै उनले भने,‘ केहि राम्रो विदेशी खेलाडी ल्याउने हो भने हामी लिग पनि जित्न सक्छौं ।’
पहिलो पटक गत वर्ष आहा ! रारा गोल्डकप जितेको एपिएफले सेमिफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लब वा संकटा क्लबमध्ये एकको पुस २० गते को सामना गर्नेछ ।
प्रतियोगितामा आइतबारको क्वार्टरफाइनलमा सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र एफसी र चर्च ब्वाइज युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज अन्तिम आठमा पुगेको थियो । विजेता टोलीले उपाधिसहित १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

